काठमाडौँ । नेपाल ल क्याम्पसमा बैशाख ८ गते स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचन हुने भएको छ । गत चैत ५ गते हुनुपर्ने चुनाव नभएपछि नेपाल विद्यार्थी संघ (नेविसंघ) उच्च अदालत पाटन गएको थियो ।
उच्च अदालतले चुनाव रोक्नुपर्ने कुनै कारण देखिएन भन्दै यथासिघ्र चुनाव गर्न परमादेश जारी गरेको थियो ।
अब भने बैशाख ८ गते मतदान हुने गरी चुनावी तालिका सार्वजनिक गरिएको छ ।