arrow

एनआईसी एशिया बैङ्कद्वारा 'जित्नुहोस् आई फोन १६' योजनाको घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २ मंगलबार
nic-asia-bank-mo-bank-2025.jpg

काठमाडौँ। एनआईसी एशिया बैङ्कले नयाँ वर्ष २०८२ को पावन अवसरमा मोबाइल बैङ्किङ सेवा प्रदायक एफवानसफ्ट प्रालिसँगको सहकार्यमा आफ्ना ग्राहकहरूका लागि आकर्षक योजनासहितको ‘नयाँ वर्षको नयाँ सुरुवात, जित्नुहोस् आई फोन १६’ योजना घोषणा गरेको छ। यस योजनामा सहभागी हुने ग्राहकहरूले आई फोन १६ जित्न सकिने बैङ्कले जनाएको छ।

यस योजनामा सहभागी हुनका लागि ग्राहकहरूले यस बैङ्कको मोबाइल बैङ्किङ एप (मोबैङ्क) मार्फत रु.१०० वा सो भन्दा बढीको मोबाइल टप अप गर्नुपर्ने छ।

योजना अवधि समाप्त भएपछि यस योजनामा सहभागी हुने ग्राहकहरूमध्येबाट गोला प्रथाद्वारा एक जना भाग्यशाली ग्राहकलाई विजेता घोषणा गर्दै आई फोन १६ प्रदान गरिने छ। यो योजना २०८२ वैशाख १ गतेदेखि २०८२ वैशाख ३१ गतेसम्म सञ्चालन हुने बैङ्कले जनाएको।

नयाँ वर्ष २०८२ ले यहाँहरूमा थप खुसी, उत्साह र उमङ्ग थपोस् भन्ने कामनासहित यस योजनाले ग्राहकहरूसँगको आत्मीय सम्बन्ध अझ बढी प्रगाढ, सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बनाउनेछ भन्ने विश्वास बैङ्कले लिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ