arrow

मुग्लिङ–पोखरा सडक खण्डको काममा तिब्रता [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ३ बुधबार
mugling-pokhara-82-01-02-(1.jpg

मुग्लिन । पृथ्वीराजमार्गको पोखरा–मुग्लिन सडक विस्तार आयोजना अन्तर्गत पश्चिम खण्डमा सडक विस्तारको कामले गति लिएको छ । 

यस खण्डमा लामो समय सडक क्षेत्राधिकारभित्रका बिजुलीका पोल र खानेपानीका पाइप स्थानान्तरणमा ढिलाइ हुँदा आयोजनाको काम प्रभावित भएको थियो । 

जसले गर्दा सर्वसाधारणले दैनिक आवतजावत गर्न सास्ती भोग्नु परेको छ । अहिले पोखराको सेती खोला पुल, तालचोक लगायतका क्षेत्र धुलाम्मे भएका छन् ।
 
पश्चिम खण्ड अन्तर्गत पोखरा र दुलेगौंडासहित मुख्य बजार क्षेत्रमा सडक ४६ मिटरको हुनेछ । जामुनेदेखि कुम्ले खोलासम्म १८ मिटर र बाँकी सडक २३ मिटरको कालोपत्रे हुनेछ । 

एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा भइरहेको पश्चिम खण्डमा सडक विस्तार तथा स्तरोन्नति कार्य चीनको यन्हुइ काइयुन हाइवे एन्ड ब्रिज कम्पनीले पाएको छ । यस खण्डका लागि सात अर्ब ४० करोड ४६ लाख ८१ हजारमा ठेक्का सम्झौता गरिएको थियो ।

पश्चिम खण्डको तनहुँको जामुनेदेखि पोखरासम्मको ३८.८८ किलोमिटर दूरीको सडक २० किलोमिटर ६ लेनको बनाइने आयोजनाले जनाएको छ । 
 
सो राजमार्ग विस्तारको कार्य छिटो सम्पन्न गर्ने उद्देश्यले दुई भागमा विभाजन गरिएको छ । पोखराको पृथ्वीचोकस्थित सेती पुलदेखि तनहुँको म्याग्दे गाउँपालिकाको जामुनेसम्मको ३९ किमी क्षेत्र पश्चिम खण्डमा पर्दछ भने जामुनेदेखि आँबुखैरेनीसम्मको ४३ किमी सडक पूर्वी खण्डमा पर्दछ ।

mugling-pokhara-82-01-02 (1).jpg
mugling-pokhara-82-01-02 (2).jpg
mugling-pokhara-82-01-02 (3).jpg
mugling-pokhara-82-01-02 (4).jpg
mugling-pokhara-82-01-02 (5).jpg
mugling-pokhara-82-01-02 (6).jpg
mugling-pokhara-82-01-02 (7).jpg
mugling-pokhara-82-01-02 (8).jpg
mugling-pokhara-82-01-02 (9).jpg
mugling-pokhara-82-01-02 (10).jpg
mugling-pokhara-82-01-02 (11).jpg
mugling-pokhara-82-01-02 (12).jpg
mugling-pokhara-82-01-02 (13).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ