arrow

राज्य व्यवस्था तथा सुशासन समिति

निजामती सेवा ऐन बनाउने कुरा राजनीतिक विषय होइन- रक्षामन्त्री [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ५ शुक्रबार
manbir-rai.jpg

काठमाडौँ । रक्षामन्त्री मानवीर राईले नेपाल धेरै पछि परेको कुरा सबैलाई अनुभूति भएको बताएका छन् । शुक्रबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले अहिलेसम्म निजामती कर्मचारी सेवा ऐन, विद्यालय शिक्षा ऐन पारित हुन नसक्नुले यो अवस्थालाई चित्रित गरेको उल्लेख गरे । 

उनले विधेयकमा केरै कुराहरू मिलिसकेको र विमति रहेका बाँकी कुरामा पनि सहमति जुट्ने विश्वास व्यक्त गरे । उनले निजामती सेवा ऐन बनाउने कुरा राजनीतिक विषय नभई सबैको साझा विषय भएको बता‌ए । उनले सरकारले समस्याहरू फुकाउँदै छिटो ऐनहरू पारित होस् भन्ने चाहेको बता‌ए । 

रक्षामन्त्री राईले भने, ‘विधेयकमा विमति रहेका विषयहरूमा पनि मलाई लाग्छ आउँदो केही दिनभित्र सहमति गरेरै टुंग्याउँछौँ । अन्तिममा हामी सहमतिमा पुग्ने हाम्रो परम्परा छ । निजामती सेवा ऐन बनाउने कुरा साझा विषय हो । राजनीतिक विषय नै नभएको कारणले यो विषयमा त हामी सहमतिमा नै पुग्छौँ । यसमा जोडबल गर्नका लागि मान्यज्युहरु सबै लाग्नुहुनेछ । हाम्रो देश धेरै पछाडि रहेछ भन्ने कुरा हामी सबैलाई अनुभूति भएको छ । आजसम्म हामी निजामती सेवा ऐन लागू गरिसकेका छैनौँ । विद्यालय शिक्षा ऐनको कुरा पनि बाँकी नै छ । सरकार समस्या फुकाउन चाहन्छ । ऐनहरू छिटो बनोस् भन्ने कुरा चाहन्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ