arrow

राप्रपा अध्यक्ष लिङ्देन र प्रवक्ता शाही सिंहदरबारबाटै नियन्त्रणमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ७ आइतबार
rajendra-lingden-06-03.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामा र प्रवक्ता ज्ञानेन्द्र शाही प्रक्राउ परेका छन् । उनीहरुलाई प्रहरीले सिंहदरबारबाटै पक्राउ गरेको हो । 

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा रहेका अवस्थामा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा लगेको राप्रपा उपाध्यक्ष एवं सांसद ध्रुवबहादुर प्रधानले बताए । 

बिजुली  बजारको निषेधित क्षेत्र तोड्ने योजनाअनुसार बिजुलीबजार जान बाहिर निस्कदै गर्दा दुई नेताहरु पक्राउ परेका हुन् । 

अन्य नेताहरुले भने पक्राउ नदिने मनस्थिति बनाएका छन् । 

सबै भित्र रहेर काम गर्न अप्ठेरो हुने भएकाले बाहिर रहेर पनि कार्यकर्ताहरुलाई मोबिलाइज गर्न पर्ने भएकाले अन्यले पक्राउ नदिने एक नेताले बताए । 

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ