काठमाडौँ । नेपाल ल क्याम्पसमा अहिले स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचन भइरहेको छ ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गतमा क्याम्पसहरुमा गत चैत ५ गते निर्वाचन भए पनि ल क्याम्पसमा भने समयमा चुनाव हुन सकेको थिएन ।
नेपाल विद्यार्थी संघ (नेविसंघ) ले चुनाव गर्नका लागि अदालतमा दिएको उजुरीमा सुनुवाइ गर्दै उच्च अदालत पाटनले यथासिघ्र चुनाव गर्न परमादेश जारी गरेसँगै सोमबार मतदान भइरहेको हो ।
मतदान बिहान ८ बजे शुरु भइ साँझ ५ बजेसम्म विद्युतीय प्रक्रिया अनुसार हुनेछ । मतदानमा दुई हजार नौ सय १८ जनाले भाग लिँदैछन् । जसमा बीएएलएलबी, एलएलबी र एलएलएमका विद्यार्थीहरु रहेका छन् । सबैभन्दा धेरै एलएलबीका विद्यार्थी छन् ।
निर्वाचनमा नेविसंघ एक्लै चुनावी मैदानमा छ भने अनेरास्वियु र अखिल क्रान्तिकारीबीच चुनावी तालमेल भएको छ ।
यसअघिको निर्वाचनमा नेविसंघ र अखिल क्रान्तिकारी भिडेका थिए ।