arrow

फुटबल लिजेन्ड रोबर्टो कार्लोस नेपालमा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ९ मंगलबार
roborto-carlos.jpg

काठमाडौँ । ब्राजिलियन लेजेण्ड फुटबल खेलाडी रोबर्टो कार्लोस नेपाल आएका छन् । नेपाल सुपर लिग एनएसएल फुटबल हेर्न उनि मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आएका हुन् । मंगलबार बिहान एनएसएल आयोजकले रोबर्टो कार्लोसलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् । 

कार्लोसले नेपाल आउँदा खुशी लागेको बताए । ५२ वर्षका कार्लोसले सन् १९९२ देखि सन् २००६ सम्म ब्राजिलको टोलीबाट खेलेका थिए । कार्लोस शुक्रबार नै नेपाल आउने कार्यक्रम रहे पनि स्वास्थ्य अवस्थाका कारण आउन सकेका थिएनन् । ब्राजिलले सन् २००२ को विश्वकप जित्दा कार्लोस महत्त्वपूर्ण खेलाडी थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ