arrow

आज विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १० बुधबार
united-nations.jpg

काठमाडौँ । आज विश्व प्रतिलिपि अधिकार दिवस । सन् १९९५ मा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)को साधारण सभाले अप्रिल २३ मा यो दिवस मनाउने पहल गरेको थियो । 

यस दिवसको उद्देश्य पुस्तक र लेखकप्रति सम्मान प्रकट गर्नुका साथै पढ्ने संस्कृतिलाई प्रोत्साहन गर्नु हो । यसले बौद्धिक सम्पत्ति सुरक्षाका लागि आवश्यक कानुन जानकारी र प्रतिलिपिअधिकारसम्बन्धी सचेतना फैलाउने अपेक्षा गरिन्छ ।

यो दिनले विश्व साहित्यमा ऐतिहासिक महत्व पनि राख्छ । यही मितिमा विश्वप्रसिद्ध लेखकहरू विलियम शेक्सपियर, इन्का गार्सिलासो दे ला भेगाको निधन भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ