arrow

एक सय २१ डीएसपीको सरुवा [सूचीसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ११ बिहिबार
police-head-Q.jpeg

पोखरा ।  प्रहरी प्रधान कार्यालयले एक सय २१ प्रहरी नायव उपरीक्षक (डीएसपी) हरुको सरुवा गरेको छ । सरुवा हुने क्रममा कोही दाेहोरिएका छन् भने कसैलाई टाढा पुर्याइएको छ । 

सो क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक (डीएसपी) एवं हाल सूचना अधिकारी वसन्तकुमार शर्माको जिल्ला प्रहरी कार्यालय जाजरकोटमा सरुवा भएको छ । 

डीएसपी शर्मा सहकारी ठगी प्रकरणमा रवि लामिछाने कास्की प्रहरी हिरासतमा रहँदा चर्चामा थिए । लामिछानेमाथिको अनुसन्धान गर्ने नेतृत्वकर्ता उनै थिए ।

लामिछानेलाई अदालत परिसरमा बोल्न दिएकामा डीएसपी शर्माको आलोचना भएको थियो । यही कारणले पनि डीएसपी शर्मालाई विकटमध्येको जाजरकोटमा सरुवा गरिएको अनुमान गरिएको छ । 

शर्माको स्थानमा हरिबहादुर बस्नेत आउने भएका छन् । उनी यसअघि प्रहरी प्रधान कार्यालयमा कार्यरत थिए । 

सरुवा सूची अनुसार गण्डकी प्रदेश प्रहरी कार्यालयको गम्भीर अपराध अनुसन्धान शाखामा कार्यरत प्रकाश श्रमललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय (अन्तर्राष्ट्रियतर्फ) मा सरुवा गरिएको छ । 

यस्तै गण्डकी प्रदेश प्रहरी कार्यालयकै अपराध अनुसन्धान सहायता शाखामा कार्यरत वसन्त पाठकलाई मानव बेचविखन अनुसन्धान व्यूरो अभियोजन शाखामा सरुवा गरिएको छ । 

साथै जिल्ला प्रहरी कार्यालय मनाङका नरेशकुमार सिंह, लमजुङका निशान श्रीवास्तव, म्याग्दीका भरत श्रेष्ठ, बागलुङका विजय यादव, मुस्ताङका सूर्यबहादुर बोगटी, स्याङ्जाका हरिप्रसाद पौडेल र गण्डकी प्रदेश प्रहरी कार्यालयका वसन्त पाण्डेको पनि सरुवा गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ