arrow

दश वर्षअघिको गोरखा भूकम्प गएकै समयमा फेरि हल्लायो 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १२ शुक्रबार
earthquake-final-------.jpg

काठमाडौँ । सिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ११ बजेर ५७ मिनेट जाँदा फुल्पिङकोट आसपास केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो ।

यसअघि हिजो बेलुकी साँझ ७ बजेर ३४ मिनेट जाँदा रुकुमको रन्मामैकोट केन्द्रबिन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको थियो ।

१० वर्षअघिको भूकम्पको सम्झना स्वरुप विभिन्न कार्यक्रम भइरहँदा फेरि भूकम्पले हल्लाएको हो । 

गोरखा भूकम्प २०७२ साल वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा ७.८ रेक्टर स्केलको भूकम्प गएको थियो । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ