arrow

प्रतिनिधि सभा

लोकतन्त्रको डङ्का पिटेर मात्रै लोकतन्त्रवादी हुँदैन, व्यवहारमा देखाउनुपर्छ - लिङ्देन [भिडियो]

राजसंस्थाको कुरा गर्नु प्रजातन्त्र र लोकतन्त्रको विरोध गर्नु होइन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १२ शुक्रबार
lingden-12-44.jpg

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्थाको पक्षमा बोल्नु लोकतन्त्रको विरोधी नभएको बताएका छन् । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै उनले राजसंस्था र प्रजातन्त्र एकआपसको विकल्प नभएको बताए । उनले विश्वमा धेरै सम्पन्न देशहरूमा राजसंस्था र प्रजातन्त्र सँगसँगै अघि बढेको बताए । 

उनले राजसंस्थाको पक्षमा बोल्दैमा प्रजातन्त्रको विरोधी भनेर गलत भाष्य निर्माण नगर्न आग्रह गरे । उनले लोकतन्त्रको वकालत गर्दैमा कोही लोकतन्त्रवादी हुन नसक्ने जिकिर गरे । उनले राजसंस्थाको पक्षमा वकालत गर्ने राजनीतिक दलहरूलाई निरङ्कुश व्यवहार गर्ने ठुला राजनीतिक दलहरू कसरी लोकतन्त्रवादी भए भनेर प्रश्न गरे । 

उनले भने, ‘राजसंस्थाको कुरा गर्नु भनेको प्रजातन्त्रको विरोध गर्नु हो भन्ने गलत भाष्य निर्माण गरिएको छ यो गरिमामय संसद्मा र जनताका प्रतिनिधिहरूले त्यो गलत परिभाषा लगाउनु हुँदैन भन्ने चाहन्छु । राजसंस्थाको कुरा गर्नु प्रजातन्त्र र लोकतन्त्रको विरोध गर्नु होइन । र राजसंस्था र प्रजातन्त्र एक आपसका विकल्प होइनन् । दुनियाँका धेरै समृद्धि देशहरू छन् सुखी र सम्पन्न देशहरू छन् जहाँ लोकतन्त्र र राजसंस्था सँगसँगै छन् त्यसकारण कसैले यहाँ वा राप्रपाले यहाँ राजसंस्था वा राजाको पक्षमा कुरा गर्नु लोकतन्त्रको विरुद्धमा होइन । यो गलत भाष्य गलत भाष्य निर्माण नगरियोस् भनेर सबै राजनीतिक दलहरू र माननीय सदस्यहरूलाई आग्रह गर्न चाहन्छु । लोकतन्त्रको विरोधी को छ र लोकतन्त्रको पक्षमा को छ भन्ने कुरा व्यवहारले देखाउने कुरा हो । लोकतन्त्रको डङ्का पिटेर त्यो लोकतन्त्रवादी हुँदैन । व्यवहारमा निरङ्कुश चरित्र गर्ने हिजो राजाले यस्तो गरेको थियो भनेर अरू दलहरूमाथि अरू विपक्षीहरूमाथि आफू निरङ्कुश व्यवहार गर्ने अनि आफू चाहिँ ठूलो लोकतन्त्रवादी हुने ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ