arrow

मृत्यु

logo
मनोज लामिछाने, 
प्रकाशित २०८२ वैशाख १४ आइतबार
manoj-lamichhane-82-1-14.jpg

खोज्छु भाग्न मृत्युसँग 
तर मृत्यु झन् नजिक आउँछ  
चाहना छ बाँच्ने
तर आशाहरू निरर्थक देखिन्छ  

गोरेटोमा पाइला चाल्दा 
भेटिन्छन् स्वार्थका धब्बाहरू   
निस्वार्थी भाव खोज्छु 
मिल्दछन् केवल छायाँहरू  

मृत्यु अटल छ भन्नेहरु 
मृत्युसंग नै डराउछन्   
दुई दिनको यो चोलासँग  
मान्छे किन काँप्दछन्   

मृत्यु सहज र सरल होस्
दुख भार कसैलाई नपरोस   
आडम्बरका ति खोलहरु   
कसैले ओढन नपरोस्   

दिएको धर्तीमा दानले 
कसले पाउछ र मृत्युपछि  
यो त केवल भ्रम न हो 
मात्र आडम्बर समाज प्रति   

माया, स्नेह अनि प्रेम
शब्दका जाल मात्र हुन्  
आफ्ना स्वार्थका निम्ति 
प्रयोगका यी चाल हुन्   

जन्म, मृत्यु मात्र शरीरको
आत्मा त अमर छ रे । 
आफू नमरी स्वर्ग नर्क 
कहाँ देखिन्छ रे ।  

मृत्यु केवल विश्राम बनोस 
मात्र संघर्षको अन्त्य होस् l 
चाहना, व्यथा र स्वार्थहरु  
शान्त सागरमा विलीन होस् ।   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ