arrow

सहकारी ठगीमा सांसद माया राई तीन दिन थुनामा 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १४ आइतबार
maya-rai-sahakari-congress.jpg

काठमाडौँ । नेपाली कांग्रेसकी समानुपातिक सांसद माया राई तीन दिनसम्म थुनामा रहने भएकी छिन् ।

 सहकारी हिनामिनाको अभियोगमा शनिबार राजधानीको कपनबाट पक्राउ परेकी सांसद राईलाई ३ दिनसम्म  हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको हो ।

स्वर्णलक्ष्मी सहकारी ठगी तथा संगठित अपराध मुद्दामा मुछिएकी उनलाई गएराति प्रहरीले कपनस्थित निवासबाट पक्राउ गरेको थियो । 

उनी पक्राउ परेको जानकारी प्रहरीले सभामुख देवराज घिमिरेलाई लिखित पत्रमार्फत जानकारी गराइसकेको छ ।

संसदमा जानकारी गराइसकिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ