arrow

शिक्षक आन्दोलनको सबै दोष सरकारलाई लगाएर कोही उम्किन मिल्दैन - महन्थ ठाकुर

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १५ सोमबार
mahantha-gunaso.jpg

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले नेताहरूले शिक्षकहरूको आन्दोलनको सबै सरकारलाई लगाएर उम्किन नमिल्ने बताएका छन्। अहिले शिक्षकहरू सडक आन्दोलनमा रहेको भन्दै यसको दोष सबै सरकारलाई लगाएर आफू उम्किन नमिल्ने बताए । यसको जिम्मेवारी सरकारको नेतृत्व गर्ने सबै नेताहरूले लिनुपर्ने उनको भनाइ छ । 

सरकारमाथि दोष थुपार्ने नभई सरकारको आलोचना गर्न सकिने बताए । उनले निजी क्षेत्रका विद्यालय नभए नेपालको शिक्षाको स्थिति कस्तो हुन्छ भन्दै प्रश्न गरे। उनले सामुदायिक विद्यालयको बलमा सबैलाई शिक्षित गर्न सक्ने अवस्था नरहेको जिकिर गर्नुभयो । नेपालमा पानी र स्वास्थ्यको समस्या पनि त्यत्तिकै रहेको बताए । 

उनले भने, ‘सरकारलाई दोष दिएर मात्रै हुँदैन । सरकारमाथि हामी आलोचना गर्न सक्छौँ । तर निजी स्कुल रहेन भने के हुन्छ हाम्रो यो शिक्षाको अवस्था ? सामुदायिक स्कुलको बलमा सबैलाई शिक्षित गर्न सक्छौँ ? सक्दैनौँ । पानीको समस्या छ । निजी क्षेत्रबाट पानी ट्याङ्करले नल्याउने हो भने पानीको समस्या कति ठूलो छ । हामीसँग पिउने पानीको समस्या पनि त्यत्तिकै छ । स्वास्थ्य समस्या पनि छ । मानिस स्वस्थ रहे मात्रै, शिक्षित रहे मात्रै आफ्नो खुट्टामा उभिन सक्छ । भविष्य निर्माण गर्दछ । अशिक्षित छ, अस्वस्थ छ भने उसले श्रम गर्न सक्दैन ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ