arrow

चालीस लाख यात्रुको फुटपाथमा जोखिमपूर्ण यात्रा [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २० शनिबार
kathmandu-footpath-82-1-20-.jpg

काठमाडौँ । काठमाडौँ उपत्यकामा बसोबास गर्ने करिब ६० मानिसमध्ये २० लाख जतिले सवारीसाधनमा यात्रा गर्छन् । करिब ४० लाख मानिस फुटपाथमा पैदल हिँड्ने हुन् ।

काठमाडौँमा जताततै फुटपाथ अतिक्रमित छ । भएका फुटपाथ पनि हिँड्नलाई असुरक्षित छन् । दृष्टि भएकाहरूलाई समेत असहज फुटपाथमा दृष्टिविहीनलाई हिँड्न त्राहीत्राही छ । फुटपाथमा हिँड्न पाइला पाइलामा अवरोध छन् । अपूरो निर्माण र खाल्डाखुल्डीले गर्दा कतिबेला दुर्घटना हुने ठेगान छैन ।

नेपाल विद्युत प्राधिकरणले अहिले काठमाडौंमा विद्युतीय तार भूमिगत गर्ने काम गरिरहेको छ । प्राधिकरणले फुटपाथ नै कब्जा गरेर आफ्ना उपकरण तथा निर्माण सामग्री राखेको देखिन्छ । यसले गर्दा फुटपाथमा हिँड्न समस्या छ । साथै कतिपय ठाउँमा ढुंगा बिछ्याउन फुटपाथ भत्काइएको छ । 

हतारमा भत्काउने तर बनाउन समय लगाउने भएकाले राजधानीबासी धराप फुटपाथमा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । कतिपय ठाउँमा फुटपाथमै सवारीसाधन पार्किङ गरिँदा पनि पैदल यात्रुलाई हिँड्न समस्या भएको छ ।
 

kathmandu-footpath-82-1-20 (1).jpg
kathmandu-footpath-82-1-20 (2).jpg
kathmandu-footpath-82-1-20 (3).jpg
kathmandu-footpath-82-1-20 (4).jpg
kathmandu-footpath-82-1-20 (5).jpg
kathmandu-footpath-82-1-20 (6).jpg
kathmandu-footpath-82-1-20 (7).jpg
kathmandu-footpath-82-1-20 (8).jpg
kathmandu-footpath-82-1-20 (9).jpg
kathmandu-footpath-82-1-20 (10).jpg
kathmandu-footpath-82-1-20 (11).jpg
kathmandu-footpath-82-1-20 (12).jpg
kathmandu-footpath-82-1-20 (13).jpg
kathmandu-footpath-82-1-20 (14).jpg
kathmandu-footpath-82-1-20 (15).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ