arrow

कांग्रेसले रचनात्मक सुझावसहित नीति तथा कार्यक्रमको समर्थन गर्ने [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २० शनिबार
congress-parliament-82-1-20.jpg

काठमाडौँ । नेपाली कांग्रेसले सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रममा सकारात्मक र रचनात्मक सुझावसहित छलफलमा सहभागी भई समर्थन जनाउने निर्णय गरेको छ । 

नयाँ वानेश्वरस्थित सङ्घीय संसद् भवनमा पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा आज बसेको संसदीय दलको बैठकले नीति तथा कार्यक्रममा राष्ट्रिय आवश्यकता समेटिएकाले समर्थन गर्ने निर्णयसमेत गरेको छ । 
 
संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरे बैठकले नीति कार्यक्रम सम्बोधन गर्ने गरी आगामी बजेट तर्जुमा गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको जानकारी दिए । 

बैठकले विधेयक निर्माणको गतिलाई तीव्र बनाउन सक्रिय ढङ्गले संसद् र संसदीय समितिमा भूमिका खेल्ने निर्णयसमेत गरेको उनले बताए । 

यस्तै, नेपाल शिक्षक महासङ्घसँग भएको सहमतिअनुसार आगामी असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक पारित गर्ने प्रतिबद्धता जाहेर गरिएको छ । 

बैठकले भारतको उडिसास्थित केआईआईटीमा अध्ययनरत नेपाली छात्राको निधन र जम्मूकश्मीरस्थित पहलगाममा भएको घटनाको निन्दा गर्दै छानबिन गर्न आग्रह गरेको छ ।
 
यस्तै संविधान सभा सदस्य तीर्थराम डङ्गोलको निधनमा शोक प्रस्ताव पारित गरेको प्रमुख सचेतक घिमिरेले जानकारी दिए । बैठकमा २० भन्दा बढी सांसदहरूले नीति तथा कार्यक्रम र समसामयिक राजनीतिक विषयमा धारणा राखेका थिए । 

congress-meeting-82-1-20 (4).jpg
congress-meeting-82-1-20 (1).jpg
congress-meeting-82-1-20 (2).jpg
congress-meeting-82-1-20 (3).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ