arrow

सोमबारदेखि राति चार घण्टा बन्द गरी यस्तो बनाइँदैछ नागढुङ्गा–नौबिसे सडक [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २१ आइतबार
nagdhunga-naubise-highway-2.jpg

धादिङ । नौबिसे–नागढुङ्गा सडक १० दिनका लागि रातका समयमा बन्द गरिने भएको छ । सङ्घीय राजधानी काठमाडौँ आवतजावत गर्ने मुख्य मार्ग मानिने सो सडक यही वैशाख २२ देखि वैशाख ३१ गतेसम्म राति ११ देखि बिहान ३ बजेसम्म सवारीसाधन आवतजावत रोकेर सडक निर्माणको काम गर्न लागिएको हो ।

त्रिभुवन राजपथको नागढुङ्गा–पिप्लामोड क्षेत्रमा सडक निर्माण भइरहेकाले सम्भावित जोखिमबाट बच्न र तीव्रगतिमा काम अघि बढाउन रातिको समयमा सडक बन्द गरेर काम गर्न लागिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद न्यौपानेद्वारा सूचनामा उल्लेख गरिएको छ । 

काठमाडौँबाट नौबिसेतर्फ जाने हलुका तथा भारी सवारीसाधनलाई राति नागढुङ्गा चेकपोष्टमा र नौबिसेबाट काठमाडौँतर्फ आउने सवारीसाधनलाई खत्रीपौवा पुलमा रोकिने सूचनामा उल्लेख छ । त्यस समयमा सवारीसाधनलाई वैकल्पिक सडक प्रयोग गर्न नागढुङ्गा–मुग्लिन सडक योजना कार्यालयले आग्रह गरेको छ ।

साना तथा मझौला सवारीसाधनले सीतापाइला–भीमढुङ्गा–रामकोट–धार्के सडक प्रयोग गर्न सक्नेछ । त्यस्तै वैकल्पिक बाटोका रूपमा सामाखुसी–टोखा–गुर्जेभञ्ज्याङ–छहरे–त्रिशूली–गल्छी सडक हुँदै जान सकिने छ । एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधन भने रोकिने छैन । ओभरट्याक नगरी बन्दको समयमा नियमपालना गरिदिन कार्यालयले अनुरोध गरेको छ ।

nagdhunga-naubise-highway-2082-1-21 (1).jpg
nagdhunga-naubise-highway-2082-1-21 (2).jpg
nagdhunga-naubise-highway-2082-1-21 (3).jpg
nagdhunga-naubise-highway-2082-1-21 (4).jpg
nagdhunga-naubise-highway-2082-1-21 (5).jpg
nagdhunga-naubise-highway-2082-1-21 (6).jpg
nagdhunga-naubise-highway-2082-1-21 (7).jpg
nagdhunga-naubise-highway-2082-1-21 (8).jpg
nagdhunga-naubise-highway-2082-1-21 (9).jpg
nagdhunga-naubise-highway-2082-1-21 (10).jpg
nagdhunga-naubise-highway-2082-1-21 (11).jpg
nagdhunga-naubise-highway-2082-1-21 (12).jpg
nagdhunga-naubise-highway-2082-1-21 (13).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ