गौरस्थित सुधार केन्द्रमा यातना, सञ्चालक फरार [भिडियो]
प्रिमेश शिवाकोटी,
प्रकाशित २०८२ वैशाख २२ सोमबार
615
Shares
गौर । रौतहटको सदरमुकाम गौरमा रहेको एक सुधार केन्द्रमा २२ वर्षीय युवकलाई निर्घात कुटपिट गरिएको भिडियो सार्वजनिक भएको छ।
गौर नगरपालिका वडा नम्बर २, महादेवपट्टीका रितेश कुमार यादवलाई पाइपले कुटपिट गरेको भिडियो बाहिरिएपछि गौर ४ मा सञ्चालित राइजिङ नेपाल सुधार केन्द्रका सञ्चालक सुरज साह कानु फरार भएका छन्।
उनको स्थायी घर वीरगञ्ज भएको बुझिएको छ। घटना सार्वजनिक भएपछि प्रहरीले फरार सञ्चालकको खोजी जारी राखेको छ।