arrow

कांग्रेसको नीति तथा बजेट संवाद कार्यक्रम सम्पन्न [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २५ बिहिबार
congress-82-1-24r.jpg

काठमाडौँ । उद्यमशीलता, नवप्रवर्तन तथा लघु ऊद्यमको सशक्तिकरणका विषयमा नेपाली कांग्रेसको पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभाग र ऊद्यमशील कांग्रेसको संयुक्त आयोजनामा “नीति तथा बजेट संवाद कार्यक्रम” सम्पन्न भएको छ । 

ललितपुरको सानेपास्थित कांग्रेसको केन्द्रीय कार्यालयमा भएको कार्यक्रममा उद्यमशीलताका बहुआयामिक सवालमा गहन संवाद तथा अन्तरक्रिया भएको थियो । 

कार्यक्रममा कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठले नेपालमा अथाह सम्भावना भएको जलविद्युत, कृषि लगायतका क्षेत्रलाई महत्व दिँदै सरकारले लगानी बढाउनुपर्ने बताए ।
 
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व अर्थ राज्यमन्त्री उदयशमशेर राणाले अर्थतन्त्रमा दोश्रो तहको सुधार भए मात्र देश समृद्ध हुनसक्ने बताए । सार्वजनिक महत्वका पूर्वाधार निर्माण र मर्मतमा सरकारले ध्यान दिनुपर्ने उनको भनाई थियो । 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं योजना आयोगका पूर्व उपाध्यक्ष डा गोविन्दराज पोखरेलले युवा पुस्ताले आफ्नै देशमा सम्भावना खोज्ने प्रयास गर्नुपर्ने बताए । त्यसका लागि नीति निर्माण तहमा बसेकाले समेत वातावरण निर्माण गर्नुपर्ने र शिक्षालाई व्यवसायमुखी बनाइनुपर्ने उल्लेख गरे । 

कांग्रेसका केन्द्रीय सदस्य एवं पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभाग प्रमुख अजयबाबु शिवाकोटीले उद्यमशीलता बारेको छलफलका क्रममा उठेका विषयवस्तुलाई नेतृत्व तहसम्म पुर्याइने बताए । 

योजना आयोगका पूर्व उपाध्यक्ष डा विश्व पौडेलले नेपालको कानुन उद्योगमैत्री भए पनि कार्यान्वयन पक्ष कमजोर भएको भन्दै समग्र देशलाई नै माथि उठाउने किसिमको सशक्त योजनाको खाँचो औंल्याए । 

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य मनोज पौडेलले आर्थिक सुशासन र सार्वजनिक निकायप्रति आममानिसको विश्वास नभएसम्म सफल हुन नसकिने बताए । प्रत्येक गाउँ र पालिकामा गएर उद्यमशीलता प्रबर्द्धन गर्न आवश्यक रहेको उनको भनाइ थियो । 

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य रञ्जित आचार्यले स्टार्टअपका लागि कर्जा प्रवाह गरेर मात्रै राज्यको दायित्व नसकिने भन्दै यस क्षेत्रमा हात समातेर नै डोहोर्याउन आवश्यक रहेको बताए । 

कार्यक्रममा उद्योग मन्त्रालय अन्तर्गतको औद्योगिक विकास प्रतिष्ठानका इन्जिनियर उमेश गुप्ताले सरकारले उपलब्ध गराउने स्टार्टअप कर्जाबारे जानकारी दिएका थिए । 

उद्यमशिल कांग्रेसका अध्यक्ष अश्विन सिटौलाले उद्यमशिलताको मुद्दामा सरोकारवालाबीच प्रभावकारी छलफल मार्फत साझा धारणा बनाउने उद्देश्यले छलफलको आयोजना गरिएको बताए । 

उद्यमशील कांग्रेसका महासचिव मोहन गजुरेलले उद्यमशीलताका मुद्दाहरुलाई निरन्तर रुपमा उठान गरिरहने र आगामी दिनमा सरोकारवाला पक्षसंग छलफल जारी राख्ने बताए । 

कार्यक्रममा नवउद्यम क्षेत्रका विज्ञ कविराज जोशी, ट्याक्स अड्भोकेट प्रतिष्ठा भण्डारी, आकाश सुवेदी लगायतले धारणा राखेका थिए । कार्यक्रममा उद्यमशीलता क्षेत्रमा कार्यरत जेन जी पुस्तादेखि नीति निर्मातासम्मको उपस्थिति थियो ।
 

congress-niti-tatha-82-1-25 (1).jpg
congress-niti-tatha-82-1-25 (2).jpg
congress-niti-tatha-82-1-25 (3).jpg
congress-niti-tatha-82-1-25 (4).jpg
congress-niti-tatha-82-1-25 (5).jpg
congress-niti-tatha-82-1-25 (6).jpg
congress-niti-tatha-82-1-25 (7).jpg
congress-niti-tatha-82-1-25 (8).jpg
congress-niti-tatha-82-1-25 (9).jpg
congress-niti-tatha-82-1-25 (10).jpg
congress-niti-tatha-82-1-25 (11).jpg
congress-niti-tatha-82-1-25 (12).jpg
congress-niti-tatha-82-1-25 (13).jpg
congress-niti-tatha-82-1-25 (14).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ