arrow

राजाले गद्दी त्यागेर सुख पाउँदैनन्, देशको स्वार्थका लागि पनि राजा चाहिन्छ - केशरबहादुर विष्ट [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २५ बिहिबार
kesher-bd-bista.jpg

काठमाडौँ । राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर विष्टले राजसहितको प्रजातन्त्र पुनस्र्थापित हुने दाबी गरेका छन् । बिहीबार राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिद्वारा आयोजित कार्यक्रममा उनले यस्तो दाबी गरेका हुन् । उनले नेपालले छिट्टै राजासहितको प्रजातन्त्र र संवर्द्धनवादी राजनीतिक नेतृत्व विश्वमाँझ प्रस्तुत गर्ने जिकिर गरे । उनले आफूहरूले १८ वर्षदेखि देशलाई बलियो बनाउन राजसंस्थासहितको प्रजातन्त्र आवश्यक भएको बताउँदै आएको बताए ।

उनले राजसंस्थासहितको प्रजातन्त्र आवश्यक छ भन्नेहरू अहिले राष्ट्रिय झन्डामुनि गोलबद्ध भएर आन्दोलनको जग बसालेको बताए । राजाले गद्दी त्याग गरेर सुख नपाउने भन्दै उनले देश रक्षाको स्वार्थका लागि पनि राजसंस्था आवश्यक भएको बताए । राजासहितको प्रजातन्त्रको सुनौलो इतिहास रच्दै प्रजातन्त्रलाई थप सुदृढ बनाइने उनको भनाइ छ ।

उनले भने, ‘राजाले गद्दी त्यागेर सुख पाइँदैन । राजाको वंशले यसमा अल्छी गरेर सुख पाइँदैन । राजा नभई यो देश चल्दैन, हाम्रै स्वार्थका लागि भए पनि राज चाहियो भनेर एक्लैले होस्, मिलिजुली होस्, समूहमा होस् जे–जे तरिकाले होस् हामी गएको १८ वर्षदेखि यो कुरा भन्दै आयौँ । त्यो एकता अब राष्ट्रिय झण्डामा मात्रै हुन्छ भन्दै आयौँ । आज ती सारा कुराले जग हालेको छ । मलाई जिन्दगीमा योभन्दा ठूलो खुसी अरू केही छैन । चाँडै नै राष्ट्रले संवर्द्धनवादी राजनीतिक नेतृत्व विश्वसामु प्रस्तुत गर्ने छ, राजासहितको प्रजातन्त्रको सुनौलो इतिहास फेरि प्रारम्भ हुनेछ । प्रजातन्त्रको अझ बढी सुदृढ, सक्षम र सबल जग बस्ने छ भन्ने आशाका साथ प्रतिबद्धता जाहेर गर्दछु ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ