arrow

विश्वव्यापी सात प्लान्ट बन्द गर्ने निसानको निर्णय, २० हजार रोजगारी कटौती हुने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १ बिहिबार
nissan_logo.jpg

काठमाडौँ ।  जापानको प्रमुख मोटर कम्पनी निसानले आगामी आर्थिक वर्ष २०२७ सम्म विश्वभर रहेका आफ्ना सातवटा उत्पादन प्लान्टहरू बन्द गर्ने घोषणा गरेको छ। कम्पनीले विश्वव्यापी रूपमा २० हजार कर्मचारी कटौती गर्ने योजना पनि सार्वजनिक गरेको छ।

निसानले अमेरिकी ट्यारिफ नीतिहरूका कारण उत्पन्न भएको अनिश्चिततालाई कारण देखाउँदै मार्च २०२६ मा समाप्त हुने आर्थिक वर्षको लागि आफ्नो नाफाको पूर्वानुमानलाई स्थगित गरेको छ। 

यसअघि, कम्पनीले मार्च २०२५ मा समाप्त भएको आर्थिक वर्षमा ६ खर्ब ७० अर्ब ८० करोड येन (लगभग ४ अर्ब ५४ करोड अमेरिकी डलर) खुद घाटा बेहोरेको थियो, जुन चार वर्षमा पहिलो वार्षिक घाटा हो। 

यसको मुख्य कारण अमेरिकी बजारमा बढेको बिक्री खर्च र जापान तथा विदेशमा रहेका कारखाना सम्पत्तिको पुनर्मूल्याङ्कनबाट भएको क्षति रहेको कम्पनीले जनाएको छ।

आफ्नो व्यवसायलाई पुनर्जीवन दिन निसानले यसअघि घोषणा गरेको ११ हजार थप रोजगारी कटौतीको योजनालाई औपचारिक रूप दिएको छ। यससँगै आर्थिक वर्ष २०२७ सम्ममा कुल २० हजार कर्मचारी कटौती हुनेछ, जुन कम्पनीको कुल कार्यबलको करिब १५ प्रतिशत हो।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ