आठ सदस्यीय प्रतिनिधिमण्डल लिएर चीन गइन् राष्ट्रिय सभा उपाध्यक्ष
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ६ मंगलबार
446
Shares
काठमाडौँ। राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरे छदिने औपचारिक भ्रमणका लागि चीनको शान्सी प्रान्तस्थित सियान सहर प्रस्थान गरेकी छन्। उनले आठ सदस्यीय संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गरेकी हुन्।
उक्त प्रतिनिधिमण्डल यही जेठ १० गतेसम्म सियान सहरमा आयोजना हुने शाङ्घाई सहयोग सङ्गठन गरिबी न्यूनीकरण र दिगो विकास मञ्च तथा नवौँ सिल्क रोड अन्तरराष्ट्रिय प्रदर्शनी र पूर्व–पश्चिम चीनबीच सहयोगका लागि लगानी तथा व्यापार मञ्च कार्यक्रममा सहभागी हुनेछ। उपाध्यक्ष घिमिरेले दुवै कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
उपाध्यक्ष घिमिरेसँगै प्रतिनिधिसभाका सांसदद्वय दिनेशकुमार यादव र उर्मिला माझी, राष्ट्रियसभाका सांसदद्वय वेदुराम भुसाल र सुमित्रा विसी, संसद् सचिवालयका उपसचिव पुष्पप्रकाश मल्ल, शाखा अधिकृत नवीन भट्टराई र उपाध्यक्षका स्वकीय सचिव प्रेमबहादुर सिंह प्रतिनिधिमण्डलमा सहभागी छन्। चीन भ्रमण सम्पन्न गरी उक्त प्रतिनिधिमण्डल जेठ १० गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।