-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । भारतीय अभिनेत्री शिल्पा शिरोडकर कोरोना भाइरसको संक्रमण भएको छ । उनी आफैँले सामाजिक सञ्जालमा आफू कोरोना संक्रमित भएको बताएकी हुन् ।
शिल्पाले इन्स्टाग्राममा आफू कोरोना संक्रमित भएको भन्दै सबैलाई सुरक्षित रहन आग्रह गरेकी छिन् । उनले मास्क लगाउन नभुल्नसमेत आग्रह गरेकी छिन् ।
उनको यो पोष्टपछि उनका प्रशंसक र साथीहरुले छिट्टो निको हुनका लागि शुभकामना दिएका छन् ।
पछिल्लो समय एसियामा कोरोना तीव्र गतिले फैलिएको छ । चीन र हङकङमा अलर्ट जारी गरिएको छ ।
भारतमा पनि संक्रमित बढिरहेका छन् । सोमबार साँझसम्म ९३ जना संक्रमित पाइएका थिए ।
कोरोनाको नयाँ भेरियन्ट तीव्र रुपले फैलिएको हो । सिङ्गापुरमा १४ हजार भन्दा बढी संक्रमित भइसकेका छन् ।