arrow

फेरि भयावह बन्दै कोरोना, भारतमा दुई संक्रमितको मृत्यु 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ६ मंगलबार
corona-virus-covid-19.jpg
तस्बिर – फाइल ।

नयाँदिल्ली । कोरोना भाइरसको महामारी फेरि तीव्र गतिमा फैलिएको छ । कोरोनाको नयाँ भेरियन्ट एसियाली देशहरुमा तीव्र गतिमा फैलिइरहेको हो । सो क्रममा भारतमा दुई संक्रमितको मृत्यु भएको छ । 

मुम्बईको केईएम अस्पतालमा सोमबार दुई जना कोभिड पोजिटिभ बिरामीको मृत्यु भएको हो । एक बिरामीलाई मुखको क्यान्सर र अर्कोलाई मृगौला रोग नेफ्रोटिक सिन्ड्रोम थियो । तर उनीहरू थप कोभिड संक्रमित थिए ।

यसैबीच, चीन, सिंगापुर, हङकङ र थाइल्याण्डमा कोरोना भाइरसका संक्रमितहरु फेरि बढिरहेका छन् । यी देशहरूमा नयाँ केसहरूको संख्या बढ्दै गएको छ।

सिंगापुरमा मे १ देखि मे १९ सम्म ३ हजार कोभिडका बिरामी भेटिएका छन् । अप्रिलको अन्तिम सातासम्म यो संख्या ११ हजार १ सय थियो । यहाँ केसहरूमा २८ प्रतिशतले वृद्धि भएको जनाइएको छ।

उता जनवरी देखि हङकङमा ८१ केसहरू सामुन्ने आएका छन्। जसमध्ये ३० जनाको मृत्यु भइसकेको छ भने चीन र थाइल्याण्डमा पनि अलर्ट जारी गरिएको छ ।

 भारतमापनि तीव्र गतिमा फैलिरहेको छ । भारतमा जनवरी १ देखि मे १९ सम्म २५७ केस रिपोर्ट गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ