arrow

एआईजीमा सिद्धिविक्रम शाह सिफारिस

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ७ बुधबार
dig-siddhibikram-shah.jpg

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) सिद्धिविक्रम शाह प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका छन् । 

मंगलबार बसेको बढुवा सिफारिस समितिले हाल प्रहरीको विशेष व्युरो प्रमुख रहेका शाहलाई एआईजीमा सिफारिस गरेको हो । 

आगामी जेठ १० गते एआईजी लालमणि आचार्य अनिवार्य अवकाशमा जाने भएसँगै रिक्त हुने स्थानमा शाहलाई सिफारिस गरिएको हो । 

शाह २०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागमा सेवा प्रवेश गरेका थिए । उनी २०५८ सालमा प्रहरीमा स्थानान्तरण भएका थिए । 

उनी गत मंसिरमा डीआईजीमा बढुवा भएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ