arrow

तरकारी र फलफूलको थोक मूल्यसूची

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ८ बिहिबार
tarkari-vegitable.jpg

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि विभिन्न कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ। समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार तरकारी र फलफूलको मूल्य तल उल्लेख गरिएको छ।

तरकारीको मूल्यसूची (प्रतिकिलो):

  • गोलभेँडा: ठूलो (नेपाली) रु ४०, ठूलो (भारतीय) रु ६०, सानो (लोकल) रु ६०, सानो (टनेल) रु ७०, सानो (भारतीय) रु ५३
  • आलु: रातो रु ४०, रातो (भारतीय) रु ३८, रातो (मुडे) रु ४०
  • प्याज: सुकेको (भारतीय) रु ३८
  • गाजर: (लोकल) रु ५०, (तराई) रु ३०
  • बन्दा: (लोकल) रु १५, रातो रु ५०
  • काउली: (स्थानीय) रु ४०
  • मूळा: रातो रु ३५, सेतो (लोकल) रु १५, सेतो (हाइब्रिड) रु ३०, गान्टे मूला रु ४०
  • भन्टा: लाम्चो रु २५, डल्लो रु २५
  • बोडी: तने रु ७०, मकै रु ५०
  • मटरकोसा: रु १२०
  • घिउ सिमी: (लोकल) रु ५०, (हाइब्रिड) रु ५०
  • अन्य कोसा: राजमा रु १००, भटमास कोसा रु १००
  • करेला: तितो रु ४०
  • लौका: रु २५
  • परबर: (लोकल) रु ५०, (तराई) रु ५०
  • चिचिण्डो: रु ३५
  • घिरौला: रु ३५
  • झिगुनी: रु ६०
  • फर्सी: पाकेको रु ५०, हरियो (लाम्चो) रु ३५, हरियो (डल्लो) रु २५
  • भिण्डी: रु ३०
  • सखरखण्ड: रु ५०
  • पिँडालु: रु १२०
  • साग: रायो रु ५०, पालुङ्गो रु ६०, चमसुर रु ८०, तोरी रु ३०, मेथी रु १००, प्याज हरियो रु ५०, जिरीको रु ९०, सौफको रु १००, पुदिना रु १५०
  • च्याउ: कन्य रु १८०, डल्ले रु २६०, राजा रु ३००, सिताके रु ८००
  • अन्य तरकारी: कुरिलो रु ६००, निगुरो रु २५, ब्रोकाउली रु ६५, चुकुन्दर रु ७०, सजीवन रु ९०, ग्याठकोभी रु ६०, सेलरी रु १८०, पार्सले रु ४००, तामा रु १००, तोफु रु १४०, गुन्द्रुक रु ३५०

फलफूलको मूल्यसूची (प्रतिकिलो/दर्जन/गोटा):

  • स्याउ: (झोले) रु २५०, (फूजी) रु ३००
  • केरा: (दर्जन) रु १५०
  • कागती: रु २४०
  • अनार: रु ३२०
  • आँप: (दशहरी) रु २५०
  • अङ्गुर: (हरियो) रु २२०, (कालो) रु ३२०
  • तरबुजा: (हरियो) रु ४५
  • मौसम: रु २००
  • जुनार: रु २००
  • भुइँकटहर: (प्रतिगोटा) रु २००
  • काँक्रो: (लोकल) रु ४०, (हाइब्रिड) रु २०
  • रुख कटहर: रु ८०
  • नास्पाती: (चाइनिज) रु २५०
  • मेवा: (भारतीय) रु १००
  • लिची: (लोकल) रु २००
  • आभोकाडो: रु ७५०
  • इमली: रु १८०

अन्य कृषिउपजको मूल्यसूची (प्रतिकिलो):

  • अदुवा: रु १२०
  • खुर्सानी: सुकेको रु ४००, हरियो रु ८०, हरियो (बुलेट) रु ८०, हरियो (माछे) रु ३५, हरियो (अकबरे) रु ३५०, भेडे रु ७०
  • लसुन: हरियो रु १००, सुकेको चाइनिज रु ३००, सुकेको नेपाली रु २००
  • छ्यापी: सुकेको रु २००, हरियो रु १५०
  • हरियो धनिया: रु ७०
  • ताजा माछा: रहु रु ३२०, बचुवा रु २६०, छडी रु २४०



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ