काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि विभिन्न कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ। समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार तरकारी र फलफूलको मूल्य तल उल्लेख गरिएको छ।
तरकारीको मूल्यसूची (प्रतिकिलो):
गोलभेँडा: ठूलो (नेपाली) रु ४०, ठूलो (भारतीय) रु ६०, सानो (लोकल) रु ६०, सानो (टनेल) रु ७०, सानो (भारतीय) रु ५३
आलु: रातो रु ४०, रातो (भारतीय) रु ३८, रातो (मुडे) रु ४०
प्याज: सुकेको (भारतीय) रु ३८
गाजर: (लोकल) रु ५०, (तराई) रु ३०
बन्दा: (लोकल) रु १५, रातो रु ५०
काउली: (स्थानीय) रु ४०
मूळा: रातो रु ३५, सेतो (लोकल) रु १५, सेतो (हाइब्रिड) रु ३०, गान्टे मूला रु ४०
भन्टा: लाम्चो रु २५, डल्लो रु २५
बोडी: तने रु ७०, मकै रु ५०
मटरकोसा: रु १२०
घिउ सिमी: (लोकल) रु ५०, (हाइब्रिड) रु ५०
अन्य कोसा: राजमा रु १००, भटमास कोसा रु १००
करेला: तितो रु ४०
लौका: रु २५
परबर: (लोकल) रु ५०, (तराई) रु ५०
चिचिण्डो: रु ३५
घिरौला: रु ३५
झिगुनी: रु ६०
फर्सी: पाकेको रु ५०, हरियो (लाम्चो) रु ३५, हरियो (डल्लो) रु २५