arrow

लागुऔषधको समस्या डरलाग्दो, नियन्त्रणमा लाग्न गृहमन्त्रीको निर्देशन [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ९ शुक्रबार
lekhak-09.jpg

जनकपुर। गृहमन्त्री रमेश लेखकले देशभर लागुऔषधको समस्या डरलाग्दो रूपमा बढिरहेको बताएका छन्। जनकपुरमा शुक्रबार आयोजित मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै उनले लागुऔषध नियन्त्रणमा विशेष जोड दिनुपर्ने बताए।

गृहमन्त्री लेखकले लागुऔषधबाहेक सडक दुर्घटना र आत्महत्या पनि नेपालका प्रमुख समस्याका रूपमा रहेको उल्लेख गरे। उनका अनुसार, सडक दुर्घटनाबाट दैनिक करिब ७ जना र आत्महत्याका कारण दैनिक करिब १७ जनाले ज्यान गुमाउने गरेका छन्। उनले साइबर क्राइम पनि डरलाग्दो समस्याका रूपमा देखिएको बताए।

"ड्रग्सको धेरै ठूलो समस्या छ। देशभर नै लागुऔषधको समस्या देखिएको छ। लागुऔषधको नियन्त्रण जरुरी छ," गृहमन्त्री लेखकले भने, "सडक दुर्घटना अर्को ठूलो समस्याका रूपमा रहेको छ। एक दिनमा झन्डै ७ जना मानिस सडक दुर्घटनाबाट मृत्यु हुने गरेको छ। सडक दुर्घटनाको नियन्त्रण अर्को महत्वपूर्ण काम हो।" उनले थपे, "आत्महत्याको अवस्था देशभर झन्डै १७ जनाले एक दिनमा आत्महत्या गरिरहेका छन्। अर्को साइबर क्राइम छ। यो सबै कुरा एक अर्कोसँग जोडिएको छ।"

उनले लागुऔषध सेवनका कारण सवारी दुर्घटना, डिप्रेसन र पारिवारिक तनाव बढेर आत्महत्यासम्म पुग्ने गरेको भन्दै लागुऔषध नियन्त्रणमा खटिएर लाग्न प्रदेशका सुरक्षा निकायहरूलाई निर्देशन दिए।

गृहमन्त्री लेखकले शान्ति सुरक्षा देशको पहिलो शर्त र आवश्यकता भएको उल्लेख गर्दै शान्ति सुरक्षाको स्थिति कमजोर हुनेबित्तिकै देश विकासका काममा अवरोध आउने बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ