arrow

लोकतन्त्रविरुद्ध भ्रम फैलाउने प्रयास भइरहेको उपप्रधानमन्त्री सिंहको भनाइ [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ११ आइतबार
prakashman-11.jpg

ललितपुर। उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले लोकतन्त्रविरुद्ध केही मानिसहरू भ्रम फैलाउन लागिपरेको बताएका छन्। आइतबार ललितपुरमा दशौँ धनबहादुर स्मृति अन्तर्राष्ट्रिय अफिसियल कराँते प्रतियोगिता– २०८२ को उद्घाटन गर्दै उनले यस्तो भनाइ राखेका हुन्।

मन्त्री सिंहले लोकतन्त्र तथा प्रजातन्त्र आएर मुलुकमा केही हुन नसकेको जस्ता भाष्य निर्माण गरी नकारात्मक भ्रम फैलाउने काम भइरहेको बताए। उनले लोकतान्त्रिक प्रणाली हजारौँ नेपाली वीर सपूतहरूको सङ्घर्षबाट प्राप्त भएको जनताको अधिकार भएको र यसलाई संरक्षण गर्नुपर्नेमा जोड दिए। जनअधिकारलाई सुरक्षित राख्दै देश विकासको कार्यलाई अगाडि बढाउनुपर्ने सिंहको भनाइ छ।

उनले भने, "अहिले डेमोक्रेसी आएर, प्रजातन्त्र आएर के भयो र? के पायौँ र? भनेर एक थरीले भ्रम फिँजाउन लागिरहेका छन्। डेमोक्रेसी सिस्टम जनताको अधिकारको पुनर्वहाली गर्नको लागि हजारौँ नेपाली वीर सपूतहरूको सङ्घर्षबाट प्राप्त गरेको जनअधिकार हो। यो जनअधिकारलाई सुरक्षित राख्दै, संरक्षण गर्दै अझ देश विकासको कार्यलाई अगाडि बढाउनको लागि प्रयास गर्नुपर्छ।"

उनले स्वर्गीय धनबहादुर महर्जनले जनअधिकारका लागि गरेको सङ्घर्ष र खेलकुदको विकासमा पुर्‍याएको योगदानको स्मरण गर्दै सम्मान व्यक्त गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ