arrow

एनआईसी एसिया बैङ्क कर्मचारी सङ्घद्वारा १६औँ स्थापना दिवसमा समर्पित कर्मचारीहरू सम्मानित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १६ शुक्रबार
nic-asia-anicabs-group-2082.jpg

काठमाडौँ। एनआईसी एसिया बैङ्क कर्मचारी सङ्घ (एनिकाब्स) ले आफ्नो १६औँ स्थापना दिवसको अवसरमा लामो समयदेखि समर्पित रूपमा सेवा दिँदै आएका कर्मचारीहरूलाई विशेष सम्मान गरेको छ।

सङ्घले विभिन्न प्रदेशहरूमा सप्ताहव्यापी कार्यक्रमहरू आयोजना गरी बैङ्कमा १० वर्ष वा सोभन्दा बढी समय सेवा पुर्‍याएका कर्मचारीहरूलाई सम्मान गर्दै उनीहरूको योगदानप्रति कृतज्ञता व्यक्त गरेको हो। सम्मानित कर्मचारीहरूको निरन्तर सेवा, प्रतिबद्धता र निष्ठाले संस्थाको प्रगति र सफलतामा उल्लेखनीय योगदान पुगेको सङ्घले जनाएको छ।

प्रदेशगत रूपमा सम्पन्न कार्यक्रमअन्तर्गत कोसी, मधेस, बागमती र गण्डकी प्रदेशहरूमा सम्मान समारोह भइसकेका छन्। सङ्घले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि निकट भविष्यमा यस्ता कार्यक्रमहरू आयोजना गर्ने तयारी गरेको छ।

सङ्घले भविष्यमा पनि कर्मचारीहरूको मनोबल अभिवृद्धि गर्न यस्ता प्रेरणादायी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाउँदै संस्थागत हित र कर्मचारी कल्याणका पक्षमा अग्रसर रहने स्पष्ट पारेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ