arrow

‘मोहन सिटौला व्यष्टि र समष्टि’ सार्वजनिक [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १३ मंगलबार
mohan-sitaula-book-released.jpg

काठमाडौँ । वरिष्ठ साहित्यकार एवं शिक्षाविद् मोहन सिटौलाको जीवनीमा आधारित रहेर शारदा मासिकले प्रकाशित गरेको ‘मोहन सिटौला व्यष्टि र समष्टि’ विमोचित भएको छ ।

राजधानीमा सोमबार समाजका लव्धप्रतिष्ठित व्यक्तिहरुको उपस्थितिमा संयुक्त रुपमा उक्त पुस्तक विमोचित भएको हो । पुस्तक विमोचन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति गंगाप्रसाद उप्रेतीले पुस्तकले सिटौलाको योगदानको ध्यानाकर्षण गराउन मद्धत पुग्ने बताए ।

उनले सिटौलाका बारेमा अझ ठूलो वृहत पुस्तक निकाल्ने तयारी भइरहेको भन्दै यो पुस्तक उक्त वृहत पुस्तकलाई पूर्ण रुप दिन महत्वपूर्ण खुराक हुने बताए ।

कार्यक्रममा समीक्षात्मक सम्बोधन गर्दै प्राडा देवी नेपालले पाँच खण्डमा विभाजित पुस्तकमा ५० नेपालीमा, ४ अंग्रेजीमा र चार शुभकामना सहितका गरी ५८ लेखकका लेख रहेको भन्दै हरेक व्यष्टि (अंश) मिलेर समष्टि (पूर्ण) भएको बताए ।

लेखकहरूले सिटौलालाई ‘नयाँ मुलुकका नाद’, बहुप्रतिभाका धनी, सिद्धिसुधा, चुचुरोका मान्छे, पीडाका पहाड फोर्दै उज्यालो रोप्ने, महारथी, विश्वमानव लगायतका उपमा दिएका छन् । कार्यक्रममा अर्का समीक्षक प्राडा हेमराज पौडेलले सिटौलाको जन्मदेखि पारिवारिक पृष्टभूमि केलाएका थिए ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष एवं पूर्व क्याम्पस प्रमुखसमेत रहेका सिटौलाका ११ पुस्तक प्रकाशित भइसकेका छन् । उनी ८२ वर्षको उमेरमा थप सक्रिय रहेर साहित्यका लागि निरन्तर लागिपरेका छन् ।

यसले बालकृष्ण समको भनाइलाईसमेत परिमार्जन गर्नुपर्ने अवस्था आएको एउटा लेख नै प्रकाशित छ । अमेरिकामा रहेका सिटौलाले आफू समेटिएको पुस्तक काठमाडौँमा विमोचित हुँदा अमेरिकाबाटै सम्बोधन गरेका थिए ।

पुस्तकको सम्पादन शारदाका प्रकाशक–सम्पादक विमल भौकाजीले गरेका हुन् । पुस्तक मोहन सिटौलालाई चिनाउनेमात्र नभइ देशभरको सिटौला समाजको प्रतिनिधि पुस्तक भएको दाबीसमेत गरिएको छ । 


 

mohan-sitaula-book-releasesd (20).jpg
mohan-sitaula-book-releasesd (19).jpg
mohan-sitaula-book-releasesd (18).jpg
mohan-sitaula-book-releasesd (17).jpg
mohan-sitaula-book-releasesd (16).jpg
mohan-sitaula-book-releasesd (15).jpg
mohan-sitaula-book-releasesd (14).jpg
mohan-sitaula-book-releasesd (13).jpg
mohan-sitaula-book-releasesd (12).jpg
mohan-sitaula-book-releasesd (11).jpg
mohan-sitaula-book-releasesd (10).jpg
mohan-sitaula-book-releasesd (9).jpg
mohan-sitaula-book-releasesd (8).jpg
mohan-sitaula-book-releasesd (7).jpg
mohan-sitaula-book-releasesd (6).jpg
mohan-sitaula-book-releasesd (5).jpg
mohan-sitaula-book-releasesd (4).jpg
mohan-sitaula-book-releasesd (3).jpg
mohan-sitaula-book-releasesd (2).jpg
mohan-sitaula-book-releasesd (1).jpg
mohan-sitaula-book-releasesd (21).jpg
mohan-sitaula-book-releasesd (22).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ