गभर्नरसँग एमाले सांसद थापाको प्रस्ताव: नोटमा पृथ्वीनारायण शाहको तस्बिर राखौँ
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १९ सोमबार
694
Shares
काठमाडौं । नेकपा (एमाले) का सांसद सूर्यबहादुर थापा क्षेत्रीले नेपाली नोटमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको तस्बिर राख्न प्रस्ताव गरेका छन्। उनले राष्ट्र एकीकरण गर्ने व्यक्तित्वको तस्बिर नोटमा राख्दा नोटको इज्जत बढ्ने दाबी गरेका छन्।
सोमबार अर्थ समितिमा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) माथिको छलफलमा भाग लिँदै सांसद थापाले आफू राजावादी नभई गणतन्त्रवादी भएको स्पष्ट पारे। उनले भने, "म राजावादी होइन, गणतन्त्रवादी हो। गणतन्त्र ल्याउन लडेकै हो। तर पृथ्वीनारायण शाहको फोटो नोटमा राख्नुपर्छ। नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहको फोटो राखे नोटको इज्जतसमेत बढ्छ।"
गभर्नर विश्वनाथ पौडेलसमेत उपस्थित बैठकमा सांसद थापाले नेपालमा जन्मिएका बुद्धको तस्बिर पनि नोटमा राख्नुपर्ने बताए। उनका अनुसार यसले नेपाली नोटको महत्व अझ बढाउनेछ।