arrow

जापानद्वारा बौद्धिक सम्पत्ति प्रवर्द्धनका लागि एआई उपयोग गर्ने नयाँ रणनीति सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २२ बिहिबार
japan-flag.jpg

टोकियो ।  जापान सरकारले देशको बौद्धिक सम्पत्ति प्रतिस्पर्धा बढाउन कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने नयाँ रणनीति सार्वजनिक गरेको छ। जापानी सरकारले २०२५ का लागि बौद्धिक सम्पत्तिसम्बन्धी आफ्नो योजना स्वीकृत गरेको हो, जसले जापानी एनिमे र स्थानीय संस्कृतिलाई विश्वभर प्रवर्द्धन गर्दै क्षेत्रीय आर्थिक विकासमा मद्दत पुर्‍याउने लक्ष्य राखेको छ।

यस योजनाअनुसार जापानले करिब १ ट्रिलियन येन (७ अर्ब अमेरिकी डलर) बराबरको आर्थिक प्रभाव को अपेक्षा गरेको छ। प्रधानमन्त्री शिगेरु इशिबाले बौद्धिक सम्पत्ति जापानका लागि महत्त्वपूर्ण आय स्रोत भएको र यसले देशका कम्पनीहरूको प्रतिस्पर्धात्मकता बढाउन ठूलो भूमिका खेल्ने बताएका छन्।

प्रधानमन्त्री इशिबाले थपे, "हामीले प्रतिस्पर्धी बौद्धिक सम्पत्ति निर्माणका लागि कृत्रिम बुद्धिमत्ताको उपयोगलाई पूर्ण रूपमा बलियो बनाउनेछौँ।"

जापान सरकारले प्रत्येक वर्ष बौद्धिक सम्पत्तिको संरक्षण र उपयोगसम्बन्धी नीति तयार पार्ने गर्छ। २०२५ को योजनाअनुसार, नयाँ प्रविधि विकासमा प्रयोग भएको एआईका विकासकर्ताहरूलाई कसरी अधिकार दिन सकिन्छ भन्ने विषयमा अस्पष्ट नियमहरूलाई स्पष्ट गर्ने प्रयास हुनेछ।

यस योजनामा विदेशी दक्ष जनशक्ति आकर्षित गर्ने, मानव संसाधन विकासमा सहयोग गर्ने, र ऊर्जा तथा विपद् व्यवस्थापनजस्ता क्षेत्रमा सरकार र निजी क्षेत्रबीच सहकार्य बढाउने विषयहरू पनि समावेश गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ