बाँके । राप्ती नदीमा डुबेर शनिबार एक युवकको मृत्यु भएको छ ।
बाँकेको राप्तीसोनारी गाउँपालिका-२ अगैयास्थित राप्ती नदीको नहरमा डुबेर कमल दर्जीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय,का प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए ।
उनका अनुसार नेपालगञ्ज उपमहानगरपालिका-७ बस्ने १९ वर्षीय दर्जी राप्ती नदीको दक्षिणतर्फको नहरमा डुबेका थिए ।
प्रहरी, नेपाली सेना, स्थानीयवासीलगायतको सक्रियतामा खोजी हुँदा करिब दुई घण्टापछि दर्जीको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।