arrow

भाषामा समझदारी बनेपछि संसद चल्छ: प्रचण्ड

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २६ सोमबार
prachanda-02-12.jpg

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले छिट्टै संसद सुचारु हुनेमा आफू आशावादी रहेको बताएका छन्।

अध्यक्ष दाहालले काँग्रेस सभापति शेरबहादुर देउवासँगको भेटघाटपछि सबैमा लचकताको महसुस गरेको उल्लेख गरे। उनले समस्या समाधानका लागि माओवादी मात्र लचिलो भएर नपुग्ने भन्दै सरकार पनि लचिलो बन्नुपर्ने टिप्पणी गरे। "सबै लचिलो बन्नुपर्छ। समस्या समाधान गर्नको लागि माओवादी लचिलो बनेर मात्र पुग्दैन। सरकार पनि लचिलो हुनुपर्छ," उनले भने, "तर हिजो काँग्रेस सभापतिज्यूसँग कुरा गर्दा सबैतिर लचकताको संकेत मैले देखेको छु। मलाई लाग्छ भाषामा समझदारी बनेपछि छिट्टै सदन चल्छ।"

स्मरण रहोस्, 'भिजिट भिसा' प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिनको माग गर्दै प्रतिपक्षी दलहरूले निरन्तर संसद अवरुद्ध गर्दै आएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ