बौद्ध परम्पराअनुसार प्रचण्डले गरे पार्टी कार्यालयको शिलान्यास
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २९ बिहिबार
987
Shares
मुस्ताङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुस्ताङको घरपझोङ गाउँपालिका–४ भ्रप्सोस्थित पेरिस डाँडामा पार्टी कार्यालय भवनको शिलान्यास गरेका छन्। उनले बौद्ध परम्पराअनुसार उक्त भवनको शिलान्यास गरेका हुन्।
नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समितिका ‘इञ्चार्ज’ धीरेन्द्र विकका अनुसार, छ कोठाको यो भवन निर्माणका लागि वारागुङ मुक्तिक्षेत्र–२ छ्ङ्गुरका ढच्युङ गुरुङले जग्गा दान गरेका छन्।
शिलान्यासका अवसरमा अध्यक्ष दाहालले पार्टी कार्यालय भवन निर्माणपछि संगठन विस्तारका साथै मुस्ताङी जनताको विकासका चाहनामा सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले पार्टीका स्थानीय नेता तथा कार्यकर्ताहरूलाई जनतालाई केन्द्रमा राखेर काम गर्न निर्देशन पनि दिए।