arrow

झापामा पनि कोरोना संक्रमण

logo
युवराज रेग्मी, 
प्रकाशित २०८२ जेठ ३० शुक्रबार
corona-virus-covid-19.jpg

झापा । झापा जिल्लामा एक व्यक्तिमा कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेको छ । स्वास्थ कार्यालय झापाले बिर्तामोड नगरपालिका वडा नं ५ का स्थानीय ५२ वर्षे महिलामा कोरोना भाइरसको नयाँ भेरिएन्ट देखिएको जनाएको हो । 

स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाह्राकोटीले उक्त संक्रमणबारे जानकारी दिएका हुन् । जिल्लास्थित बिर्तासिटी अस्पतालमा गरिएको कोरोना परीक्षणका क्रममा ती महिलाको रिपोर्ट पोजिटिभ प्रमाणित भएको अस्पताल श्रोतले जनाएको छ ।
 
हाल ती संक्रमित महिला घरमै सुरक्षित साथ आइसोलेसनमा बसेको र  उनको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।
 
नयाँ संक्रमित पुष्टि भएपछि बिर्तामोड नगरपालिका स्वास्थ्य शाखाले सचेतना अपनाउन आग्रह गरेको छ ।

पुरानो तथ्यांक अनुसार झापामा कूल १ लाख ३ सय ८१ जनाको  पीसीआर परीक्षण  र ४२ हजार ४१० जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

जसमध्ये हालसम्म  झापामा जम्मा २८ हजार ९ सय ९ जना संक्रमित पुष्टि भएको र संक्रमित  ६ सय ७२ जनाको मृत्यु भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ