मेरो विद्यालय हो धर्मस्थली
बसेको छ सबैको मनमा दियोझैँ बलि
भन्छन् सत्य, त्रेता अनि, द्वापर पछि आयो कलि
मूल द्वारबाट प्रवेश गर्नसाथ स्वागत गर्छिन् सरस्वती
यस् विद्यालयबाट जो पढि गए, ती सबको भाछ रे प्रगति
१८ शिक्षक, २ कर्मचारी, विद्यार्थी हामी ४०० बढी
विश्वास गर्नुस्, शिर उच्च पार्छौँ, सफलताको शिखरमा चढी
पढाइ हुन्छ, नियमित, नर्सरीदेखि कक्षा ८ सम्म
तर धर्मस्थली किन बन्दैन ?, माध्यमिक विद्यालय, लाग्छ अचम्म
सफा पानी पिएकाछौँ, दिवा खाजा खाएका छौँ
बक्त्रित्व बोल्दै, नाटक खेल्दै, कविता गीत गाएका छौँ
स्माट सिटी अन्तरगत्को, स्माट धर्मस्थली हाम्रो
वरिपरि फुलैफुल, बिचमा लिचिको रूख कति राम्रो
वर्षैपिच्छे छात्रा वृत्ती, अक्षयकोष अनि सरकारबाट
राम्रो पढ्ने, अगाडि बढ्ने, बित्रैबाट लिएकाछौँ आँट
जितेँ भने पुरस्कार अनि, हारेँ भने, जितको शुरूआत
जय डिल्लीप्रसाद, जय धर्मस्थली । (पोखरेल धर्मस्थली आधारभूत विद्यालय पोखरा ५ पर्स्याङका कक्षा ५ का विद्यार्थी हुन् )