-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
म उज्यालोको आशा हुँ
अन्धकारमा चम्किने दियो
सपनाको बाटो हिंड्ने
नथाक्ने एउटा यात्रा हुँ म
म धैर्य हुँ
म साहस हुँ
म नफर्किने आधी होइन
म शान्तिपूर्ण समुद्रको गीत हुँ
जहाँ म छु त्यहाँ विश्वास फुल्छ
म हरेक बिहानीको सूर्य किरण हुँ
अनि नयाँ शुरूआतको संकेत हुँ
हारमा पनि आशा देख्ने
र जितलाई नम्रता दिने व्यक्ति हुँ
म र मेरो शक्ति भित्र लुकेको छ
र मेरो मुस्कान अरुको प्रेरणा बन्न सक्छ
म फेरि सक्छु
म अघि बढिरहन सक्छु
किनभने म मानव हुँ र म सक्षम छु ।