arrow

धेरै जनाले रक्तदान गरी नयाँ राष्ट्रिय रेकर्ड कायम

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार १ आइतबार
chitwan-blood-donation.jpg

चितवन । चितवनमा आयोजित रक्तदान महोत्सवमा एक हजार ७१७ जनाले रक्तदान गरेर नेपालमै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन्। ब्लड डोनर्स सोसाइटी नेपाल, चितवन शाखाले शनिबार आयोजना गरेको यस महोत्सवमा जिल्लाका सातवटै पालिकाका रक्तदाताहरू सहभागी भएका थिए। सङ्कलित रगतमध्ये नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरले एक हजार ५३६ युनिट र भरतपुर अस्पताल ब्लड बैंकले १७१ युनिट रगत सङ्कलन गरेका छन्।

जुन १४ मा पर्ने अन्तर्राष्ट्रिय रक्तदाता दिवसको अवसर पारेर सोसाइटीले यो बृहत् महोत्सव आयोजना गरेको थियो। "उपचारका क्रममा रगत आवश्यक पर्दा अभाव हुने गरेको छ। तर रक्तदान गर्न मिल्ने धेरैले रक्तदान गरेको पाइँदैन। रक्तदानप्रति अग्रसर हुने सन्देश दिन यो बृहत् कार्यक्रम आयोजना गरेका हौँ," सोसाइटीका चितवन अध्यक्ष तथा मूल समारोह समितिका कार्यक्रम संयोजक एकराज बुर्लाकोटीले बताए।

रक्तदान महोत्सवले एकै दिनमा एकै ठाउँमा सञ्चालित रक्तदान कार्यक्रममध्ये नेपालकै सर्वाधिक रगत सङ्कलन गर्दै राष्ट्रिय रेकर्डसमेत कायम गरेको सोसाइटीका सचिव तथा प्रचार समितिका संयोजक विपिन पाठकले बताए। यसअघि लायन्स क्लब अफ काठमाडौँलगायतका संस्थाले २०७४ फागुन २५ गते विश्व कीर्तिमान कायम गर्ने उद्देश्यले काठमाडौँको टुँडिखेलमा एक हजार ५०० पिन्ट रगत सङ्कलन गरेको उनले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ