लोकतान्त्रिक संवादमा भाग लिन उपसभामुख राना दक्षिण अफ्रिकामा
हाम्रा कुरा
प्रकाशित २०८२ असार ४ बुधबार
1.5k
Shares
काठमाडौँ । उपसभामुख इन्दिरा रानामगर दक्षिण अफ्रिकाको प्रिटोरिया सहरमा आयोजना हुने लोकतन्त्र सम्बन्धी उच्चस्तरीय संवादमा भाग लिन बुधबार त्यसतर्फ प्रस्थान गरेकी छन् ।
उनले इन्टरनेशनल इन्स्टिच्युट फर डेमोक्रेसी एण्ड इलेक्टोरल असिस्टेन्स (आइडिइए), ओपन सोसाइटी फाउण्डेशन र दक्षिण अफ्रिकाको अन्तरराष्ट्रिय सहयोग तथा सम्बन्ध विभागको आयोजनामा यही असार ५ र ६ मा हुने ‘अफ्रिकामा लोकतन्त्रको पुनःपरिकल्पना, विश्वव्यापी दक्षिणका तुलनात्मक अनुभवहरू’. विषयक उच्चस्तरीय संवादमा भाग लिने कार्यक्रम छ ।