arrow

इरानको क्षेप्यास्त्र आक्रमणपछि नेतन्याहूद्वारा 'ठूलो मूल्य चुकाउनुपर्ने' चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ६ शुक्रबार
Benjamin-netanyahu.jpg

जेरुसेलम। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बिहीबार दक्षिणी इजरायलको सोरोका अस्पतालमा इरानले क्षेप्यास्त्र आक्रमण गरेपछि इरानले 'ठूलो मूल्य चुकाउनुपर्ने' चेतावनी दिएका छन्।

नेतन्याहूले सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै भने, "आज बिहान इरानका 'आतङ्ककारी तानाशाह'हरूले सोरोका अस्पताल र नागरिकहरूमाथि क्षेप्यास्त्र प्रहार गरेका छन्। हामी तेहरानमा तानाशाहहरूलाई ठूलो मूल्य चुकाउन बाध्य पार्नेछौँ।"

इरानको दक्षिणी शहर बेर्शेबामा रहेको सोरोका अस्पतालमा बिहीबार बिहान दर्जनौं ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार भएपछि आगलागी भएको थियो। अस्पतालका निर्देशक श्लोमी कोदेशका अनुसार, केही दिनयता खाली गरिएको सर्जिकल भवनमा आक्रमण भएको थियो, जसमा ४० जना घाइते भएका छन्।

कोदेशले भने, "धेरै वार्डहरू पूर्ण रूपमा ध्वस्त भएका छन् र सम्पूर्ण अस्पतालमा व्यापक क्षति पुगेको छ। मेडिकल केन्द्रका भवन, झ्याल, छत लगायतका अन्य संरचनाहरूमा पनि क्षति पुगेको छ।" यस घटनाले मध्यपूर्वमा जारी तनावलाई थप बढाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ