arrow

यो कस्तो बस्ती हो ?

logo
सुमी लोहनी,
प्रकाशित २०८२ असार ७ शनिबार
sumi-lohani-82-3-7.jpg

यो कस्तो बस्ती हो ?
जहाँ लुकेको छ
हरेक अनुहार मुखौटोभित्र
छुट्याउनै गाह्रो
को हुन् शत्रु  ? 
को हुन् मित्र ?
छन् षडयन्त्रकारी
साधुको भेषमा
घुम्छन् धूर्त व्बाँसाहरू
गाईको भेषमा
        यो कस्तो बस्ती हो ?
              जहाँ वसन्त, शरद आउँदैनन्‌
              खुशीका फूलहरु फुल्दैनन्‌
              छन् केवल उष्ण गृष्ममा
             दुःखको डढेलोले पिल्सेका जीवनहरू
            शिशिरमा तुसारापात भएका
            अनेकौँ अनेक चाहनाहरू
            आँसुको वर्षासँगै बगेका
            मनका कोमल भावनाहरू
यो कस्तो बस्ती हो ?
जहाँ अधिकांश मान्छेको
जति परिश्रम गर्दा पनि
केवल चुहिने खरको छानो
भत्किएको कच्ची भित्तो
सारङ्गीजस्तो पेट
कुच्चिएको थाल रित्तो
आशाजस्तै धुज्जिएको लुगा
चिराचिरा परेको खुट्टो
यो कस्तो बस्ती हो …?
             (भाटभटेनी, काठमाडौँ)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ