म मुस्कुराउँछु
तर मेरो मुस्कानभित्र
हजार आँसु छन्
म चुप बस्छु
तर मेरो मौनताभित्र
चिच्याएको आवाज सुनिन्छ
धेरैले सोधे- किन यसरी मौन ?
तर कसरी भनु
धैर्यले मलाई बोल्न नदिएको हो
कहिलेकहीँ लाग्छ
कति दिन
कति वर्ष
यो मनले सह्यो होला
एक शब्द नबोली
कति चोटहरु
आफैँसँग बोकेको होला
म कुनै चट्टान होइन
म पनि त भत्किन सक्छु
तर यो धैर्यले मलाई
बारम्बार बाँधेर राखेको छ
एक मुस्कानको पर्खालभित्र
सपना हराए
साथीभाइ हराए
आफन्ती हराए
तर धैर्यले कहिल्यै साथ छोडेन
न बोल्यो
न गुनासो गर्यो
बस टक्क अडियो
म पनि त्यसरी नै अडिएँ ।