arrow

केम्पो खेलाडी, प्रशिक्षक र रेफ्री तालिम सम्पन्न 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ८ आइतबार
kempo-sports.jpg

काठमाडौँ । बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालय, नेपाल केम्पो खुकुरी फेडेरेशन (एनकेएफएफ) र बाग्मती प्रदेश खेलकुद विकास परिषद्को संयुक्त आयोजनामा दुई दिने "केम्पो खेलाडी, प्रशिक्षक तथा रेफ्री तालिम" कार्यक्रम ०८२ ललितपुरमा भएको हो । कार्यक्रममा १५० भन्दा बढी खेलाडी, प्रशिक्षक, र रेफ्रीहरूले सहभागिता रहेको थियो ।

बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले तालिमको उद्घाटन गर्दै विश्वस्तरीय केम्पोको प्रगति र नेपालमा यसको उदयको प्रशंसा गरे । “ केम्पो अहिले सुरुवाती चरणमा रहेपनि यसले विश्वमा नेपालको गौरव बढाउँदैछ। हामी यसलाई प्रदेशको प्राथमिकतामा राख्नेछौं", मन्त्री  हर्जनले प्रतिबद्धता जनाए । 

बाग्मती प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिब दिपक लामाले खेल क्षेत्रमा महत्पूर्ण विधाको रुपमा स्थापित नेपाल केम्पोलाई निरन्तर सहयोग गरिने  जनाए ।

राष्ट्रिय खेलकुद परिसद् कार्यकारी सदस्य  कमलबहादुर भट्टराईले छोटो समयमा नेपाल केम्पोले गरेको उपलब्धिलाई अझ प्रभावकारी बनाउन राष्ट्रिय खेलकुद परिषदको  सदैव साथ र सहयोग रहने प्रतिबद्वता जनाए । 

केम्पोका संस्थापक तथा प्रमुख सल्लाहकार बलदेव तिमल्सिनाले नेपालमा केम्पोको ऐतिहासिक उपलब्धि पोर्चुगलमा भएको विश्व च्याम्पियनशिपबाट ५ स्वर्ण र २ रजत पदक प्राप्त र यसको भविष्यको रणनीतिबारे प्रकाश पारे । 

नेपाल केम्पो खुकुरा फेडरेशनका अध्यक्ष पाभेल शाहकै अनुसार  "मार्सल आर्ट्स मास्टरी, केम्पी लिगेसी" को नाराका साथ अन्तर्राष्ट्रिय मानकअनुसार खेलाडीहरूको प्राविधिक क्षमता, प्रशिक्षकहरूको शिक्षण विधि र रेफ्रीहरूको निर्णय कौशल विकास गर्ने लक्ष्यका साथ तालिमको आयोजना गरिएको  थियो।

समापन समारोहमा प्रमुख अतिथी बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दिपक लामाले पोर्चुगलमा सम्पन्न विश्व केम्पो च्याम्पियनशिपका विजेता खेलाडीहरूलाई सम्मान गरिएको थियो । नेपाल  केम्पोले उक्त प्रतियोगितामा ५ कास्य र २ रजत पदक जितेको थियो ।

तालिममा अन्जना शाही, इन्द्र चित्रकार र राम क्षेत्री लगायत प्रमुख प्रशिक्षकहरूको सहभागिता रहेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ