arrow

इरान शान्तिको बाटोमा नगए थप सैन्य आक्रमणको सामना गर्नुपर्ने ट्रम्पको चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ९ सोमबार
trump-sss.jpg

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान शान्तिको बाटोमा नगए थप सैन्य आक्रमणको सामना गर्नुपर्ने चेतावनी दिएका छन्। 

राष्ट्रलाई सम्बोधन गर्दै ट्रम्पले अमेरिकी सेनाले इरानका तीन प्रमुख आणविक केन्द्रहरू – फोर्डो, नतान्ज र एस्फाहानमा – ठूलो र सटीक आक्रमण गरेको बताएका छन्। 

उनले यस आक्रमणको उद्देश्य इरानको आणविक संवर्द्धन क्षमताको विनाश र आणविक खतरालाई रोक्नु रहेको जिकिर गरेका छन्। ट्रम्पले अब इरान शान्तिको बाटोमा लाग्नुपर्नेमा जोड दिएका छन्।

यता, इरानको राज्य प्रसारकका उप–राजनीतिक निर्देशक हसन अबेदिनीले भने इरानले केही समयअघि नै यी तीन आणविक स्थलहरू खाली गरिसकेको बताएका छन्। 

यसै कारण इरानले ठूलो क्षति व्यहोर्नु नपरेको उनको भनाइ छ। यस घटनाले अमेरिका र इरानबीचको तनावलाई थप बढाएको छ, र आगामी दिनमा यसले क्षेत्रीय तथा विश्वव्यापी भूराजनीतिमा कस्तो प्रभाव पार्छ भन्ने कुरा हेर्न बाँकी नै छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ