arrow

इजरायल-इरान द्वन्द्वपछि इजिप्टका कारखानाहरूमा ग्यास आपूर्ति पुनः शुरु हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार १२ बिहिबार
russian-gas-oil-ukraine-russia.jpg
तस्बिर फाइल

काठमाडौँ। इजरायल र इरानबीचको हालैको द्वन्द्वका कारण भएको अवरोधपछि इजिप्टले शुक्रबारबाट धेरै कारखानाहरूमा प्राकृतिक ग्यास आपूर्ति पुनः शुरु गर्ने भएको छ। 

प्रधानमन्त्री मोस्तफा मादबोलीले उत्तरी तटीय शहर न्यु अलामेनमा आयोजित साप्ताहिक मन्त्रिपरिषद् बैठकमा यो जानकारी दिएका हुन्।

प्रधानमन्त्री मादबोलीका अनुसार, शुक्रबार बिहानदेखि ग्यास आपूर्तिको अभावका कारण विगतका दिनहरूमा रोकिएका धेरै कारखानाहरूमा ग्यास पम्पिङ पुनः शुरु हुनेछ। 

उनले इजिप्टको वृहत आर्थिक र सामाजिक विकास लक्ष्यहरू अनुरूप देशको औद्योगिक क्षेत्रलाई सञ्चालनमा राख्न आवश्यक पर्ने ऊर्जा आपूर्ति सुरक्षित गर्न सरकार प्रतिवद्ध रहेको बताए।

द्वन्द्वको समयमा इजिप्टले आपतकालीन योजना सक्रिय गरेको थियो, जसमा केही कारखानाहरूमा ग्यास कटौती गर्ने र बिजुली उत्पादन कायम राख्न पावर स्टेशनहरूलाई इन्धन तेल र डिजेलमा स्विच गर्ने समावेश थियो।

इजरायल–इरान द्वन्द्व जुन १३ मा शुरु भयो, जब इजरायलले इरानी आणविक र रणनीतिक स्थलहरूलाई लक्षित गरी ठूलो मात्रामा हवाई आक्रमण गरेको थियो। 

यस द्वन्द्वले मध्यपूर्व क्षेत्रमा ऊर्जा आपूर्तिमा समेत अवरोध पुर्याएको थियो, जसको असर इजिप्टको औद्योगिक क्षेत्रमा पनि देखिएको थियो।

इजिप्टको यो निर्णयले आर्थिक गतिविधिलाई पुनः गति दिन मद्दत पुग्ने अपेक्षा गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ