arrow

प्राकृतिक स्रोत समिति

७७ जिल्लामा सुरक्षा संयन्त्र विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा: गृहमन्त्री लेखक [भिडियो]

विपद् व्यवस्थापनमा सरकार गम्भीर, पूर्वतयारीमा जुट्न निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार १२ बिहिबार
lekhak-at-samiti.jpg

काठमाडौं। गृहमन्त्री रमेश लेखकले विपद् व्यवस्थापन र जोखिम न्यूनीकरणका लागि सरकार गम्भीर भएर लागिपरेको बताएका छन्। बिहीबार प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उनले विपद्को पूर्वतयारी र प्रतिकार्यका लागि सरकारले आवश्यक तयारी गरिरहेको जानकारी दिए।

गृहमन्त्री लेखकले विगत २५ वर्षको अवधिमा देशका ८६ प्रतिशत घरधुरीले कुनै न कुनै प्रकृतिको विपद्को सामना गरिसकेको उल्लेख गरे। नेपाल भौगोलिक हिसाबले जोखिमयुक्त रहेको भन्दै सरकार सोही आधारमा काम गरिरहेको उनको भनाइ थियो। उनले विपद् व्यवस्थापनका लागि स्थानीय तहहरूलाई समेत थप सक्रिय बनाउन जरुरी रहेकोमा जोड दिए।

मौसम पूर्वानुमान विभागले यस मनसुन अवधिभर कर्णाली प्रदेशको पूर्वी भाग, लुम्बिनी प्रदेशको उत्तरी भूभाग र गण्डकी प्रदेशका धेरै क्षेत्रमा औसतभन्दा बढी वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको जनाएको छ। यसले देशका विभिन्न भागमा बाढी, पहिरो र डुबानको सम्भावना बढेको तथा सडक मार्ग र ठूलो धनजनको क्षति हुने सम्भावना पनि बढेको गृहमन्त्री लेखकले बताए।

गृहमन्त्री लेखकले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू र सुरक्षा समितिहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको जानकारी दिए। उनले आफूले केही दिनअघि प्रहरी मुख्यालयमा बसेर देशभरका प्रहरी युनिटहरूलाई जुनसुकै बेला पनि विपद् आउन सक्ने भएकाले तयार रहन निर्देशन दिएको बताए।

विपद् न्यूनीकरणका लागि सूचना प्रणालीलाई प्रभावकारी बनाउने तर्फ सरकार गम्भीरतापूर्वक लागिपरेको उनको भनाइ थियो। गत वर्षको असोजमा काठमाडौँ उपत्यकामा आएको बाढीको समयमा पूर्वसूचना प्रणालीले प्रभावकारी काम गर्न नसक्दा ठूलो धनजनको क्षति भएको उनले स्वीकारे। यसपटक विपद् जोखिम न्यूनीकरणका लागि टेलिकम प्रदायकहरूसँग समन्वय भइरहेको पनि गृहमन्त्रीले जानकारी दिए। उनले समितिलाई पनि सेवा प्रदायक संस्थाहरूसँग छलफल गराउन अनुरोध गरे। सातवटै प्रदेश सरकारलाई सङ्घीय सरकारअन्तर्गत रहेका गोदामघरहरू समेत हस्तान्तरण गरिएको छ।

यसका साथै, काठमाडौँ उपत्यकामा विपद्को पूर्वतयारी तथा जोखिम कम गर्न ‘जोइन्ट कमाण्ड पोस्ट’ स्थापना गरिएको समेत गृहमन्त्री लेखकले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ