arrow

इरानी सर्वोच्च नेता भन्छन् - अमेरिकाले इरानविरुद्धको युद्धबाट केही हासिल गर्नेछैन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार १३ शुक्रबार
ayotullaha-ali-khameni-.jpg

तेहरान। इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले संयुक्त राज्य अमेरिकाले इरानविरुद्धको कुनै पनि युद्धबाट केही पनि हासिल गर्न नसक्ने बताएका छन्। 

राज्य सञ्चालित टिभीद्वारा प्रसारित एक भिडियो सन्देशमा उनले इजरायल र संयुक्त राज्य अमेरिकासँगको हालैको युद्धमा इरानी राष्ट्र विजयी भएको दाबी गर्दै देशवासीलाई बधाई दिए।

खामेनीले इजरायलमाथि प्रहार गरिएका इरानी क्षेप्यास्त्र र अन्य हतियारहरू इजरायलको उन्नत बहु–स्तरीय रक्षा प्रणालीबाट पार गर्न सफल भएको बताए। उनले इजरायललाई इरानविरुद्धको कुनै पनि आक्रमण निकै महँगो पर्ने कुरा राम्रोसँग जानकारी रहेको चेतावनी पनि दिए।

इजरायल र इरानबीच १२ दिनसम्म चलेको द्वन्द्वपछि मङ्गलबार युद्धविराम भएको छ। यस युद्धमा इरानले इजरायलमाथि प्रत्यक्ष आक्रमण गरेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ