शिक्षा समितिबाट निजी विद्यालयलाई गुठीमा रूपान्तरण गर्न छुट दिने प्रस्ताव पारित [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ असार १३ शुक्रबार
673
Shares
काठमाडौँ। प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले निजी लगानीका विद्यालयहरूलाई शैक्षिक गुठी अन्तर्गत सञ्चालन गर्न चाहे प्रोत्साहन स्वरूप छुट दिने प्रस्ताव पारित गरेको छ।
बिहीबार सिंहदरबारमा बसेको विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमाथि छलफल गर्न बसेको समितिको बैठकले यो प्रस्ताव अगाडि बढाएको हो। समितिका सभापति अम्मरबहादुर थापाका अनुसार, निजी विद्यालयहरूको लगानीको हकमा प्रस्तावित व्यवस्थामा आएका सुझावहरूलाई समावेश गर्दै निजी विद्यालयको स्थापना र सञ्चालनसम्बन्धी दफा ४ पारित गरिएको छ।
सभापति थापाले निजी विद्यालयहरू सार्वजनिक गुठीमा जान चाहेमा विभिन्न छुट र सुविधा दिने प्रस्ताव पेस गरेका थिए। समिति बैठकमा सहभागी सांसदहरूले निजी विद्यालयहरूलाई सेवामूलक, लोक कल्याणकारी र गैर-नाफामूलक बनाई सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए।